हङकङको आवासीय जिल्ला ह्याप्पी भ्यालीबाट गएको ६ महिनायता क्रेडिट कार्ड चोरीमा संलग्न दुई पुरुष र एक महिला प्रहरीको फन्दामा परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनीहरुले सार्वजनिक रुपमा खेल खेल्ने स्थानको लकरबाट ११ वटा क्रेडिट कार्ड चोरेर ५ लाख हङकङ डलर झिक्न भ्याएको प्रहरीको भनाइ छ।
वानचाइस्थित वरिष्ठ प्रहरी निरीक्षक हङ यु–यानका अनुसार हङकङमा क्रेडिट कार्ड चोरी गर्ने गिरोहहरु नै छन्।
त्यस्ता समूहले चोरीकै पैसाबाट मोबाइल फोन, ह्यान्ड ब्यागजस्ता चिजहरु किन्ने गरेका छन्। सीसीटीभी फुटेजको आधारमा तीन जनालाई पक्राउ गरिएको हो।
सिम सा सुईमा मंगलबार ४८, ५४ वर्षका पुरुष र ४९ वर्षकी महिला पक्राउ परेका हुन्।
उनीहरुसँग प्रहरीले अन्य चोरीमा संलग्न व्यक्तिहरुको बारेमा पनि अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया