हङकङमा आठ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवा प्रहरीको खोजीमा

हङकङमा आठ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवा प्रहरीको खोजीमा

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ११:४३,

सोमबार राति सा तिनस्थित वो चे इस्टेटको एउटा हाउजिङ ब्लकको भर्‍याङमा २० वर्षमाथिका एक युवाले बालिकामाथि यौन दुर्व्यवहार गरिरहेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राति १० बजेर १० मिनेट जाँदा प्रहरीलाई खबर गरिएको थियो।

मानिसहरुलाई देखेपछि ती युवा फरार भएका थिए। हालसम्म यौन हिंसा गर्ने युवा पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको छ।

प्रहरीका अनुसार ती युवाले बैजनी रङको सर्जिकल मास्क, हरियो ज्याकेट र कालो ट्राउजर लगाएका थिए।

हङकङमा सन् २०२० मा मात्र यौन दुर्व्यवहारका ६८२ उजुरी प्रहरीमा परेका थिए। यस्तै सन् २०१९ मा ९८२ उजुरी आएका थिए।

यस घटनासँगै प्रहरीले आफ्ना बालबालिकालाई राति एक्लै नछाड्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .