एकहप्ता अगाडि ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै गएको दुईहप्ताको अवधिमा हङकङमा सडक दुर्घटनासँग सम्बन्धित घटनाबाट सात जनाको मृत्यु भइसकेको छ।
हेनेसी रोड पार गर्दैगर्दा ती व्यक्तिलाई ट्याक्सीले ठक्कर दिएको थियो।
बिहीबार क्विन म्यारी अस्पतालमा उपचाररत उनको बिहान पाँच बजे मृत्यु भएको बताइएको छ।
यसैबीच हङकङमा कोरोना भाइरसबाट बिहीबार १३ संक्रमित बनेका छन्। यससँगै यहाँको कुल संक्रमितको संख्या १० हजार ९२७ पुगेको छ।
कोरोनाका कारण हालसम्म यहाँ १९८ को मृत्यु भइसक्दा १० कजार ४७४ उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिक्रिया