मंगलबार मध्यान्न साढे १२ बजे काउलुन इस्टको साउ माउ पिङ इस्टेटस्थित साउ वो हाउसको ३२ औं तलामा आगलागी भएको हो।
आगलागीका कारण ८१ वर्षकी वृद्धाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आगलागी भएपछि उक्त भवनमा भागदौड मच्चिएको थियो। त्यहाँ कसरी आगो लाग्यो भनेर यतिबेला अनुसन्धान थालिएको छ।
प्रहरीका अनुसार ग्यासको भाडो पड्किँदा आगोलागी भएको हुनसक्छ। आगलागीको फोटो तथा भिडिओहरु सार्वजनिक भएका छन्।
जहाँ बाक्लो धुवाँ र आगो लागेको देखिएको छ। १२ बजेर ३८ मिनेटमा घटनास्थलमा अग्निनियन्त्रक तथा एम्बुलेन्स देखा परेका थिए।
प्रतिक्रिया