आगलागीको घटनामा अन्य ११ जना घाइते भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हिजो शनिबार बिहान याउ सिम डिस्ट्रिक्ट र आज आइबार बिहानै वोङ ताइ सिनमा आगलागी भएको बताइएको छ।
शनिबार बिहानै ५ बजेको समयमा आगलागी हुँदा एक जनाको मृत्यु हुँदा १० जना घाइते भएका थिए।
त्यस्तै आइतबारको आगलागीमा एकको मृत्यु हुँदा अर्का एक घाइते भएका छन्।
हङकङमा पछिल्लो सयम अग्ला भवनहरुमा आगलागीका घटना बढ्न थालेका छन्।
यसैबीच हङकङमा कोरोनाबाट संक्रमित बन्नेको कुल संख्या ११ हजार ७५ पुगेको छ।
हालसम्म संक्रमितमध्ये २०२ को मृत्यु भएको छ भने १० हजार ६२२ उपचारपछि स्वस्थ बनेका छन्।
हङकङमा कोरोनाविरुद्धको खोप अभियान संचालन भइसकेको छ।
प्रतिक्रिया