२६ वर्षकी महिलाले कुन तोङको हिप वो स्ट्रिटको एउटा भवनमा भिडिओ गेम खेलिरहेका २५ वर्षका पूर्व प्रेमीको घाँटी रेटेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यो घटना स्थानीय समयअनुसार ११ बजे ४७ मिनेटमा भएको थियो। पहिले सँगै बस्ने उनीहरु एक महिना अगाडि मात्र छुटेका थिए।
प्रहरीका अनुसार महिला पुरुषको फ्ल्याटमा आफ्नो सामानहरु लिन गएका थिए।
आफ्ना पूर्व प्रेमी भिडिओ गेम खेलिरहेको देखेपछि महिलाले फलफुल काट्ने चक्कुले प्रेमीको हत्या गर्न खोजेकी थिइन्।
पुरुषको घाँटीमा चक्कुको चोट रहेको बताइएको छ। पुरुषमाथि आक्रमण भएपछि उनले चक्कु खोसेर फ्याँकेका थिए।
त्यसपछि महिलो चक्कुले आफ्नै पेटमा हानेकी थिइन्। महिला बेहोस भएपछि पुरुषले प्रहरीलाई खबर गरेका थिए।
हाल दुवैको याउ मा तेइस्थित क्विन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ। एससीएमपी
प्रतिक्रिया