चक्कु प्रहार गरी ३२ वर्षका व्यापारीलाई हिजो शुक्रबार हत्या गर्न खोजिएको थियो।
यद्यपी उक्त प्रयास असफल भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
ती व्यापारी मर्सिडिज बेन्जमा सवार थिए। सिम सा सुइको होटल बाहिर उनीमाथि हत्या प्रयास भएको थियो।
शुक्रबार मध्यान्न १२ बजेर ५१ मिनेट जाँदा ती व्यापारी किम्बर्ली होटल पुगेका थिए।
त्यहाँ पुग्ना साथ कारमै आएका दुई व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट उनको पाखुरा र पेटमा चोट लागेको छ। हाल उनको यउ मा तेइको क्विन इलिजाबेथ अस्पतालमा उपचार भइरहेको छ।
ती व्यापरीको नाम खुलाइएको छैन तथा उनीमाथि किन हत्याको प्रयास गरियो त्यो पनि अनुसन्धानको क्रममा रहेको छ।
चक्कुले आक्रमण गर्नासाथ ती दुई व्यक्ति भागेका थिए। हाल आक्रमणकारीलाई खोज्ने प्रयास जारी छ।
गतवर्ष मात्र हङकङमा चक्कु आतंकका १ हजार ४९ उजुरी प्रहरीमा परेका थिए। एससीएमपी
प्रतिक्रिया