विमानस्थलका अधिकारीले सोमबारका सबै उडानहरु रद्द गरिएको जानकारी गराएका हुन्।
हजारौं प्रदर्शनकारीले विमानस्थलमा धर्ना दिएकाले उडानहरु प्रभावित भएको एससीएमपीले उल्लेख गरेको छ।
उडिसकेका विमानहरु भने हङकङ विमानस्थलमा अवतरण गर्न पाउनेछन्।
आइतबार प्रदर्शनकारी एक महिलाको आँखामा प्रहरीका कारण गम्भीर चोट लागेको छ। चिकित्सकहरुका अनुसार उनले आँखा देख्ने छैनन्।
प्रहरीका कारण उनले आँखा नदेख्ने भएपछि प्रदर्शनकारीले विमानस्थल अवरुद्ध बनाएको जनाइएको छ।
लान्टाउ टापुको मुख्य स्थानमा लगातार चार दिनदेखि प्रदर्शन जारी भएपछि विश्वकै व्यस्तमध्ये एक मानिएको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको कार्यतालिकामा ठूलो अवरोध खडा भएको छ।
सुपुर्दगी विधेयकविरुद्धको प्रदर्शनले हङकङमा यतिबेला अशान्ति मच्चिएको हो। आइतबार प्रहरी र प्रदर्शनकारीबीच सिम सा सुई, साम सुइ पो, क्वाइ चुङ तथा कजवे बेमा दोहोरो झडप भएको थियो।
उक्त झडपमा ४० जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ।
प्रतिक्रिया