हङकङ जारी आन्दोलनलाई लिएर बेइजिङले तेस्रोपटक पत्रकार सम्मेलन गरेको छ।
हङकङको आन्दोलनमा हिंसात्मक गतिविधि बढ्दै गएपछि सोमबार बेइजिङमा तेस्रोपटक पत्रकार सम्मेलन गरेको हो।
बेइजिङमा चीन राज्य परिषदको हङकङ र मकाउ मामिला हेर्ने कार्यालयले आन्दोलनमा आतंकवादको लक्षण देखिएको भन्दै हङकङ प्रहरीको समर्थन गर्दै एक बिज्ञप्ति निकालेको द स्टान्डर्डले बताएको छ।
उक्त विज्ञप्ति वाचन गर्दै प्रवक्ता याङ गुअङले भने, ‘केन्द्र सरकारले हङकङ प्रहरीको पूर्ण समर्थन गर्दछ। न्यायपालिकालाई कडाईका साथ कानून लागू गर्न र कानून भंग गर्नेहरुलाई न्याय कठघरामा उभ्याइने छ।’
याङले हिंसा रोक्न पहिलो प्राथमिकता बताएका छन्। बेइजिङको यो तेस्रो पत्रकार सम्मेलन हो। तर, यो पटक अगाडिको पत्रकार सम्मेलनमा जस्तो पत्रकारहरुको सवाल जवाफको सत्र भने राखिएको थिएन्।
3
Shares
प्रतिक्रिया