हङकङमा कोरोना खोप लगाउने थप दुईको मृत्यु, ९ जनाको अनुहार प्यारालाइज

हङकङमा कोरोना खोप लगाउने थप दुईको मृत्यु, ९ जनाको अनुहार प्यारालाइज

नेपालखबर
चैत १२, २०७७ बिहिबार १०:२३,

यस्तै खोप लगाउने अन्य ९ जनाको अनुहारमा प्यारालाइसिसको समस्या देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

गत मार्च २ मा खोप लगाएकी एक ८० वर्षकी वृद्धाको गत शुक्रबार र मार्च ११ मा खोप लगाउने ६० वर्षको वृद्धको हिजो बुधबार मृत्यु भएको बिहीबार हङकङका अधिकारीहरुले जानकारी दिएका हुन्।

उनीहरु दुवैले चिनियाँ सिनोभ्याकको खोप लगाएका थिए। यसअघि ७ जनाको पनि सिनोभ्याकको खोप लगाएपछि नै मृत्यु भएको थियो। अर्का एक मृतक व्यक्तिमा भने फाइजर र बायोएनटेकको खोप लगाइएको थियो।

यस्तै यसअघि खोप लगाएपछि दुई जनाको अनुहारमा प्यारालाइसिसको समस्या देखिएको थियो।

हङकङमा कोरोनाको नयाँ प्रकार पनि देखिएको छ। हालसम्म यहाँ कोरोनाको नयाँ प्रकारबाट संक्रमित बन्नेको संख्या ११६ पुगेको छ।

त्यस्तै बिहीबार यहाँ ९ नयाँ संक्रमित थपिएको पनि एससीएमपीले जनाएको छ।

यससँगै यहाँ कोरोनाबाट संक्रमित बन्नेको कुल संख्या ११ हजार ४२९ पुगेको छ।

कोरोनाका कारण यहाँ २०४ को मृत्यु भइसक्दा १० हजार ९६३ कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .