वकिल तथा सार्वजनिक अभियोजनका पूर्व निर्देशक ग्रानभिल क्रसले बेइजिङले हङकङका आन्दोलनहरुप्रति लगाएको आतंकवादीको आराेपप्रति आफ्नो सहमति रहेको बताएका छन्।
हङकङमा प्रस्तावित सुपुर्दगी विधेयकविरुद्ध २ महिनादेखि चलिरहेको आन्दोलनले हिंसात्मक रुप लिन थालेको र प्रहरीले विभिन्न किसिमका बिष्फोटक पदार्थहरु बरामद गरेपछि हङकङ र मकाउ मामिला हेर्ने कार्यलयले बेइजिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनकारीमाथि आतंकवादको नमूना भएको आरोप लगाएको थियो। बेइजिङको सो दावीप्रति पूर्व निर्देशक क्रसले सहमति जनाएको आरटीएचकेले बताएको छ।
बीबीसीको एक अन्तर्वार्तामा पूर्व निर्देशक क्रसले गत महिना प्रहरीले चुन वान र फो तानको कारखानाहरुमा उच्च बिष्फोटक पदार्थ र पेट्रोल बम बरामद गरेको घटनालाई ईङ्गित गर्दै उक्त सहमति जनाएका हुन।
‘आन्दोलनमा उच्च स्तरको हिंसा भइरहेको छ। यो वास्तविक चिन्ता हो जहाँ हामीले धेरै हिंसा भइरहेको देखिरहेका छौ’, उनले एक घटनाको स्मरण गर्दै भने, ‘काउलुन क्षेत्रमा एक प्रहरीमाथि आन्दोलनकारीद्वारा पेट्रोल बम आक्रमण गरियो, उक्त आक्रमणमा उनको ज्यान जान सक्थ्यो तर शौभाग्यवस उनी गम्भीर घाइते हुन बाट जोगिए।’
त्यस्तै बीबीसीसँगकै कुराकारनीमा प्रजातान्त्रिक पक्षधर गायिका डेनिस हो वान सीले आन्दोलनमा घुसपैठ भएको आशंका व्यक्त गरिन्। ‘सो घटनामा जिम्मेवार थियो भन्ने कुरामा शंका छ। आन्दोलनमा प्रहरीको घुसपैठको घटना हामीलाई थाहा छैन कि यी ग्यास बमहरू र सबै बिष्फोटक कुरा कहाँबाट आयो? प्रश्न गर्दै उनले भनिन्, ‘घटनामा विभिन्न अनुमान र जताततै संगठित प्रचार थियो। बहुमतले एक देश, दुई प्रणाली मोडेललाई सम्मान गर्न आग्रह गरिरहेका छन्। म व्यक्तिगत रुपमा केवल त्यो स्वायत्तता चाहन्छु जुन चीनका स्वर्गीय नेता देङ सियाओपिंगले वाचा गरेका थिए।’
आन्दोलनका क्रममा सयौको संख्यामा पक्राउ पर्नुका साथै घाइते भएका छन्। मंगलबार आन्दोलनकारीहरुले लगातार पाँचौ दिन अन्तर्राष्ट्रिय विमानास्थल चेपलापकोकमा धर्ना दिइरहेका छन् भने काउलुनस्थित कुइन एलिजावेथ अस्पताल परिसरमा झन्डै २०० स्वस्थ्यकर्मीहरुले ‘प्रहरीले हङकङका जनतालाई हत्या गर्न प्रयास गरिरहेको छ’ भन्दै नाराबाजी गरेका छ्न्।
सिभिल ह्युमन राईटसले आउदो आइतबार व्यापक प्रदर्शन गर्ने बताएको छ।
प्रतिक्रिया