हङकङको नयाँ अध्ययन भन्छः बालबालिकाले कोरोना सारिरहेको हुन सक्छन्

हङकङको नयाँ अध्ययन भन्छः बालबालिकाले कोरोना सारिरहेको हुन सक्छन्

नेपालखबर
चैत २४, २०७७ मंगलबार १३:३,

यो अध्ययनअनुसार हङकङमा कोरोनाबाट संक्रमित बनेका ३ वर्षका मुनीका ४० प्रतिशत बालबालिकामा कोरोनाको कुनै लक्षण नै देखिएको छैन।

चाइनिज युनिभर्सिटीका अनुसार एक बच्चाको मलमा त ३६ दिनसम्म कोरोना भाइरस बाँचेको देखिएको छ।

विश्व स्वास्थ्य संगठनले गतवर्ष नै बालबालिकामा कोरोना भाइरसको संक्रमण भएपनि उनीहरुमा गम्भीर असर नगर्ने बताइसकेको छ।

त्यसबेलाको अध्ययनमा कयौं बालबालिकामा कोरोनाको लक्षण नदेखिने पनि बताइएको थियो।

हाल हङकङको अध्ययनमा पनि कोरोना लागेका झन्डै आधा बालबालिकामा कोरोनाको लक्षण देखिएको छैन।

त्यसकारण सुक्ष्म अथवा मौन रुपमै बालबालिकाले घर परिवारमा कोरोनाको संक्रमण गराउनसक्ने अनुमान गरिएको हो।

हङकङमा कोरोना भाइरसको खतरा टरेको देखिएको छ। यद्यपी बालबालिकाबाट कोरोना सर्नसक्ने भएकाले सचेत हुनुपर्ने बताइएको छ।

हालसम्म हङकङमा कोरोनाबाट ११ हजार ५३१ संक्रमित बनेका छन्। यहाँ कोरोनाका कारण २०५ को मृत्यु भइसकेको छ।

आज मंगलबार यहाँ मात्र ७ संक्रमित थपिएको पनि एससीएमपीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .