गोली प्रहारबाट कारमा हुँइकिएका एक पुरुषको काँधमा गोली लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीले बन्दुक चलाएपछि मात्र कार रोकिएको थियो।
ती पुरुषसँगै कारमा दुई महिला पनि सवार थिए। उनीहरुको उमेर ३७ देखि ४६ वर्षको भएको बताइएको छ।
महिलाहरुले चोरी तथा डकैती गर्नमा ती पुरुषको मद्दत गरेका थिए। बिहीबार मोबाइल विक्रेतालाई लुटपाट गरेर उनीहरु भागेका थिए।
यसअघि पनि उनीहरुले दुई महिनादेखि हङकङमा लुटपाट मच्चाउँदै आएका थिए। प्रहरीका अनुसार उनीहरु मुख्यगरी ३ लुटपाटमा संलग्न भएका छन्।
सो क्रममा उनीहरुले ३ लाख ३० हजार हङकङ डलर बराबरका सामग्री लुटपाट गरेका थिए। प्रहरीका अनुसार उनीहरुले ७८ वटा स्मार्टफोन, ट्याबलेट र कम्प्युटर चोरी गरेका थिए।
प्रतिक्रिया