यद्यपी त्यहाँ अझै पनि कोरोना संक्रमित मानिसहरु दैनिक बढिरहेका छन्।
अन्य क्षेत्रमा जस्तो धेरै मात्रामा त्यहाँ कोरोना संक्रमित थपिएका छैनन्। थोरै मात्रामा भएपनि कोरोना संक्रमति थपिरहँदा हङकङबासी असन्तुष्ट छन्।
खोप लगाएकै मानिसहरुको मृत्यु हुने गरेको छ साथै कोरोनाकै कारण अझै पनि क्वारेन्टिन बस्नुपर्ने अवस्थामा आएपछि हङकङबासी प्रश्न गर्छन्,‘खोपले कोरोनाविरुद्ध किन काम गरेन?’
मंगलबार मात्र हङकङमा चार नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ७९१ पुगेको छ भने कोरोनाले २१० को ज्यान गइसकेको छ।
हालै हङकङको एउटा भवनमा काम गर्ने ३९ वर्षका घरेलु कामदारमा कोरोनाको नयाँ स्वरुप देखिएको थियो। उनले हेरचाह गर्ने १० महिनाको शिशुमा पनि कोरोना देखिएको थियो।
नयाँ प्रकारको भाइरस देखिएको भन्दै त्यहाँका एक हजार २७ जनालाई क्वारेन्टिनमा राखिएको छ।
क्वारेन्टिमा राखिएकोमध्ये धेरैले कोरोना खोपको दुवै डोज खोप लगाएका छन्।
यसबीचमा क्वारेन्टिनमा परेका एक पाइलटले सरकारसँग प्रश्न गर्दै फेरि क्वारेन्टिमा राख्ने भए किन खोप लगाएको भनेर प्रश्न गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनले सिनोभ्याकको खोप लगाएका थिए। वैज्ञानिकहरुले कोरोनाको नयाँ प्रकारलाई खोपले पनि काम नगर्ने चेतावनी दिँदै आएका छन्।
यद्यपी खोप लगाउने व्यक्तिमा खोप नलगाउनेमा भन्दाबढी भाइरससँग लड्ने क्षमता हुने बताइएको छ।
प्रतिक्रिया