साे पार्लर वैधानिक रुपमा दर्ता नभएकाे पाइएकाे छ।
सुरक्षा विभागका वरिष्ठ सहायक आयुक्त तथा निर्देशक ५० वर्षका फ्रेडरिक चोई चिन–पाङ हालै वान चाईको एक फ्ल्याटमा पक्राउ परेका हुन्।
उनको साथबाट ६ महिला पनि पक्राउ परेका थिए। उनीहरु सबै हङकङको आईडीकार्डधारी महिलाहरु हुन्।
कानुन विज्ञहरुका अनुसार फ्रेडरिक चोई चिनलाई आपराधिक मुद्दा चलाउन सकिने धेरै आधारहरु छन्।
यस घटनासँगै प्रहरी आफैं अवैध कार्यलाई रोक्न अग्रसर हुनुपर्नेमा अपराधको हिस्सा भएको भन्दै उनको आलोचना भएको छ।
कानुनविदले सन् २००३ को घटनालाई नजिर मान्दै उनलाई जेल सजाय हुनसक्ने बताएका छन्।
त्यसबेला हङकङका वरिष्ठ प्रहरी अधिकारी सिन काम–वाले पनि अवैध यौन सेवा प्रदान गरिने ठाउँबाट निशुल्क यौन सेवा लिएका थिए।
उनलाई ३ वर्षको जेल सजाय भएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ। एससीएमपी
प्रतिक्रिया