हङकङको औषधि नियामक संस्थाले जर्मन कम्पनी बायोएनटेकको खोपलाई १२ देखि १५ वर्षका बालबालिकामा लगाउन स्वीकृति दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आगामीहप्ता नै खोप कुन–कुन स्थानमा लगाउन सकिने भनेर जानकारी दिइने त्यहाँकी स्वास्थ्यमन्त्री सोफिया चानले बताएकी छिन्।
अधिकारीहरुका अनुसार हङकङमा १२ देखि १५ वर्षका २ लाख ४३ हजार ५ सय बालबालिका छन्। उनीहरु सबैले खोप लगाएमा हङकङमा कोरोनाको संक्रमण नियन्त्रण गर्न थप मद्दत पुग्नेछ।
यद्यपी हङकङमा कोरोना भाइरसको प्रभाव अत्यन्तै न्युन छ।
बिहीबार हङकङका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। हालसम्म त्यहाा ११ हजार ८४९ मा कोरोना पुष्टि भइसकेको छ।
२१० कोरोना संक्रमितको मृत्यु हुँदा ११ हजार ५७७ कोरोनामुक्त भएका छन्। हाल त्यहाँ मात्र ६२ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया