अबरदिन साउथ टाइफुन सेन्टरमा आगलागी भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बिहान २ बजेर ३४ मिनेटमा आगलागी सुरुवात भएको थियो। ४ बजेर ४४ मिनेटसम्ममा आगलागी १४ डुंगामा फैलिसकेको थियो।
यस आगलागीमा परेर १० डुंगा जलेर पूर्ण रुपमा नष्ट भएको थियो। यी डुंगाहरु आगलागीपछि समुद्रमै डुबेका थिए।
बिहान ८ बजेमात्र यो आगलागी नियन्त्रणमा आएको थियो। सो क्रममा सम्पूर्ण गरी ३० डुंगामा क्षति पुगेको बताइएको छ।
यस्तै सो क्षेत्रबाट २२ पुरुष र १३ महिलालाई सकुशल उद्धार गरिएको जनाइएको छ। १० डुंगा उद्धार कार्यमा खटेका थिए।
आगलागी नियन्त्रण गर्न २ सय अग्निनियन्त्रक, ४० दम्कल र एम्बुलेन्सहरु प्रयोग भएका थिए।
टाइफुन सेन्टर समुद्री आँधी आएका बेला डुंगाहरुलाई सुरक्षित राख्ने क्षेत्र हो।
प्रतिक्रिया