चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा सीले हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र मकाउका कार्यकारी उपस्थित कार्यक्रममा सो क्षेत्रलाई सार्वभौमिकता सुरुवातदेखि प्रदान गरेको बताएका हुन्।
हङकङको स्वतन्त्रता खोसिएको र त्यहाँ एक देश दुई प्रणालीले काम गर्न छाडेको पश्चिमा राष्ट्रको भनाइबीच सीले हङकङले स्वतन्त्र हिसाबले आफ्नो क्षेत्रको प्रशासन चलाएको सीको भनाइ छ।
उनले सो दुई क्षेत्रमा एक देश दुई प्रणाली नै कायम भएको पनि बताए। सो क्रममा उनले ताइवानलाई चीनसँग मिलाउने कार्य बेइजिङको नडगमगाउने प्रतिवद्धता भएको पनि उल्लेख गरे।
यो पनिः चिनियाँ राष्ट्रपति सीले चेतावनीपूर्ण भाषामा भनेः चीन कुनै शक्तिसँग दबिने राष्ट्र होइन
3
Shares
प्रतिक्रिया