नेपाली भाषा तथा साहित्य परिषद हङकङको आयोजनामा आइतबार जोर्डनस्थित याक एन्ड यती रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
हङकङ बसाईको २५ बर्षे “रजत महोत्सव“ को छेक पारेर सुब्बाले कृति निकालेका थिए। यस नियात्रा संग्रह नेपालमा विमोचन भएको थियो।
गत जुन महिनामा काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच क्रान्ति सुब्बाको कृति “हङकङ भित्र“ सार्वजनिक गरेका थिए।
नियात्रा संग्रहमा लेखकले हङकङ बसाईको क्रममा देखेको, भोगेको अनुभव मात्र नभएर यहाँको ईतिहास, पुरातत्व, सँस्कृती, भुगोल, खगोल, भौतिक तथा आध्यात्मिक चिन्तन मननहरु मन्थन गरेका छन्।
हङकङबारे जान्न चाहनेहरुको लागि यस पुस्तक निकै लाभदायी हुने विश्वास गरिएको छ। यस कृतिलाई बौद्दिक खुराकको रुपमा लिईएको छ।
पुस्तक समिक्षा तथा छलफल कार्यक्रममा हङकङका साहित्यकार, साहित्यानुरागी तथा विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुले पुस्तकको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।
कवि साहित्यकारहरु शरण सुब्बा, अतीत मुखिया, कमल पौडेल, डिबि पालुङ्वा, टंक सुब्बा, दाजु गुरुङ, दिपेन्द्र राई, सुनिता गिरि, पुर्णिमा जी शाह, भुपेन्द्र चेमजोङ, ईन्द्र लोक्सोम, जुनु राना आयोजकका अध्यक्ष किसन राई, एनआरएनए अध्यक्ष टीका गुरुङ, नेपाली महासंघ हङकङका भुपु अध्यक्ष रिता गुरुङ लगायतकाहरुले क्रान्ति सुब्बाको कृतिको प्रशंसा गरेका छन्। उनीहरुले शुभकामना पनि दिएका छन्।
कार्यक्रम पत्रकार देवराज राईले सन्चालन गरेका थिए।
प्रतिक्रिया