आगामी अक्टोबर १ तारिखमा चीनको राष्ट्रिय दिवस परेको छ। चीनको प्रशासित क्षेत्र भएको हुनाले हङकङले चिनियाँ राष्ट्रिय दिवस मनाउँदै आएको छ।
तर यसपटक भने अवस्था फरक छ। १६ हप्ता यता त्यहाँ सरकार विरोधी प्रदर्शन जारी छ। प्रदर्शनकारीले चीनबाट हङकङ अलग्याउनु पर्ने बताइरहँदा उनीहरुले चिनियाँ राष्ट्रिय दिवस बहिष्कार गरेका छन्।
हङकङ सरकारले पनि प्रदर्शनकाबीच यस कार्यक्रमलाई सार्वजनिक स्थलमा नमनाउने निर्णय गरेको छ। आफ्नो सैन्य शक्तिको अहमलाई त्यागेर हङकङले सुरक्षित स्थानमा चिनियाँ राष्ट्रिय दिवस मनाउन लागेको हो।
हङकङमा प्रदर्शनका क्रममा प्रदर्शनकारीले पेट्रोल बम, ढुंगामुढा गर्ने गरेका छन्। सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै साथै सरकारले आफ्नो आक्रमक शैलीलाई त्याग्दै यस्तो निर्णय गरेको एससीएमपीले जनाएको छ।
वान चाइस्थित हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरस्थित ग्रान्ड हल भेन्युमा आगामी अक्टोबर १ मा सुरक्षाका बीच भिआइपी तथा अन्य सहभागीहरुले चिनियाँ राष्ट्रिय दिवस मनाउने छन्।
गत जुलाई १ मा हङकङ हस्तान्तर वार्षिकोत्सवमा गरिएको कार्यक्रमजस्तै चिनियाँ झण्डा फहराउने कार्यक्रम रहेको छ।
हङकङ गृह मामिला विभागका अनुसार कार्यक्रममा १२ हजार पाहुना उपस्थित हुनेछन्। यो भित्री कार्यक्रम जस्तो हुनेछ।
‘वर्तमान समाजको वातावरणलाई मध्यनजर गर्दै हामीले झण्डा फहराउने समारोह हेर्नका लागि पाहुनाहरुलाई विशेष व्यवस्था गरेको छौं।’ विभागका अनुसार बन्द कोठाको कार्यक्रमले सुरक्षामा टेवा पुग्नेछ।
प्रतिक्रिया