सरकार विरोधी प्रदर्शन र अमेरिका चीनबीचको व्यापार युद्ध जारी रहँदा हङकङले यस योजना ल्याएको एससीएमपीले जनाएको छ।
हङकङ सरकारका अनुसार यस योजनाले हङकङको सिथिल भएका कामदार तथा कर्मचारीमा उर्जा प्रदान गर्नेछ। यस योजना त्यहाँको जनशक्तिलाई पुनर्जागरण गर्नेछ।
यस योजना अन्तर्गत हङकङका वेरोजगार युवालाई सरकारले व्यापार तथा व्यवसाय गर्नका लागि अनुदान रकम प्रदान गर्नेछ। साथै निशुल्क सीपमूलक तालिमहरु प्रदान गर्नेछ।
सरकारको घोषणा अनुसार सरकारले १९ क्षेत्रमा ४८ वटा प्रशिक्षण तथा तालिम कार्यक्रम निशुल्क संचालन गर्नेछन्। यस तालिम १० हजार बेरोजगार युवालाई प्रदान गरिने उल्लेख गरिएको छ।
तालिम सकिएपछि उनीहरुलाई योजनाअनुसार १६ हजार हङकङ डलर अनुदानका रुपमा पाउनेछन्। यसबाट उनीहरुले साना व्यापार तथा व्यवसाय गर्न सक्नेछन्।
हाल सरकार विरोधी प्रदर्शन र चीन अमेरिकाबीचको व्यापार युद्धले हङकङको अर्थतन्त्रमा ठूलो ह्रास पुगेको छ। यस योजनाले युवाहरुलाई सीपमूलक र स्वरोजगारी बनाउनेछ।
प्रतिक्रिया