२ सय ४० जना लिएर बेइजिङ उडिन हङकङ प्रमुख क्यारी लाम

२ सय ४० जना लिएर बेइजिङ उडिन हङकङ प्रमुख क्यारी लाम

नेपालखबर
असोज १३, २०७६ सोमबार ८:४७,

२ सय ४० प्रतिनिधिको नेतृत्व गर्दै लाम सोमबार बेइजिङ प्रस्थान गरेको चाइना डेलीले जनाएको छ।

मंगलबार अक्टोबर १ तारिखका दिन चीनले ७० औं वार्षिकोत्सव मनाउँदै छ। हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले चीन सरकारले हङकङकी कार्यकारी प्रमुखसहित अन्य प्रतिनिधिलाई कार्यक्रममा उपस्थित हुनको लागि निम्तो पठाएको थियो।

सोमबार विमान चढी आफ्ना प्रतिनिधिसहित क्यारी लाम चीन प्रस्थान गरेकी हुन्।

हङकङमा १७ हप्तायता सरकार विरोधी मुख्य क्षेत्रमा चीन विरोधी प्रदर्शन जारी छ। चिनियाँ सरकारी भवनमा तोडफोड भएको छ भने चिनियाँ झण्डाहरुमा जलाइएको छ।

क्यारी लामको यस भ्रमण चीनको लागि हङकङको राजनीतिक तथा आर्थिक अवस्था बुझ्ने सुनौलो अवसर भएको विश्लेषकहरु बताउँछन्।

सिन्ह्वाका अनुसार बेइजिङले अक्टोबर १ तारिखमा आतिसबाजी र ठूलो सैन्य परेड गर्नेछ।

उक्त कार्यक्रमहरूमा कुनै बाधा नपुगोस् भन्नका लागि सुरक्षा निकायहरूलाई हप्तौँदेखि खटाइएको छ।

तर हङकङमा प्रदर्शन हुने ठानिएकोले ती गतिविधिको छायाँ यहाँ पर्न सक्छ।

वार्षिकोत्सवको मुख्य कार्यक्रम राजधानी बेइजिङमा हुनेछ। त्यहाँ अत्याधुनिक हतियारको प्रदर्शनीसहित एउटा बृहत् सैन्य परेड हुनेछ।

माओपछिका शक्तिशाली चिनियाँ नेता मानिने राष्ट्रपति सि जिनपिङले उक्त कार्यक्रममा सम्बोधन गर्नेछन्।

बेइजिङको मध्यभागमा रहेको तियानआनमेन स्क्वाएरमा सैन्य परेड हुनेछ जहाँ आमन्त्रित अतिथिले मात्रै भाग लिन पाउनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .