चीनका राष्ट्रपति सि चिनफिङले आफूले हङकङमा स्थायित्व चाहेको बताएका छन्।
मंगलबार चीनको ७० औं वार्षिकोत्सवको आवसरमा आयोजना गरिएको विशाल कार्यक्रममा सिले यस्तो बताएका हुन्।
एससीएमपीका अनुसार राष्ट्रपति सिले हङकङमा जारी आन्दोलनको विषयमा केही उल्लेख गरेनन्।
यद्यपी सिले आफूले हङकङ र मकाउमा लागू भएको सिद्धान्त ‘एक देश, दुई प्रणाली’को समर्थन गर्ने बताए।
सिले हङकङ र मकाउ दुवैको समृद्धि र स्थायित्वको कामना गरेको जनाइएको छ।
चीन प्रशासित हङकङकी कार्यकारी प्रमुख क्यारी लाम २ सयभन्दा बढी प्रतिनिधिको नेतृत्व गर्दै चीनको वार्षिकोत्सव समारोहमा भाग लिन पुगेकी छिन्।
प्रतिक्रिया