नेपाल एयरलाइन्सले आजदेखि लागू हुनेगरी एक महिनाका लागि हवाई भाडामा भारी कटौती गरेको छ।
नेपाल एयरलाइन्सको महँगो टिकट दरका कारण हङकङका नेपालीहरुले विरोध गरिरहेका बेला यस्तो निर्णय आएको हो।
एयरलाइन्सले एकतर्फी टिकटको २००६ हङकङ डलर र दुईतर्फीका लागि ३२०४ हङकङ डलर कायम गरेको छ।
यो ट्याक्ससहित जोडिएको शुल्क हो। यसअघि एकतर्फी टिकट दर सस्तोमा ४३६५ र दुईतर्फी दर ६१०० हङकङ डलर थियो।
हाल घटेको भाडादर स्थायी भने होइन। यो एक महिनाका निम्ति ल्याइएको अफर हो।
नेपाल एयरलाइन्सको कन्ट्री म्यानेजर कार्यालयबाट ट्राभल एजेन्सीहरुलाई जारी गरिएको पत्रअनुसार यो निर्णय डिसेम्बर २९ तारखिका दिन गरिएको हो।
यो निर्णय जनवरी १ देखि ३१ तारिखसम्म मात्र लागू हुनेछ। यो फाइदा लिन उक्त अवधिभित्र यात्रा गर्नुपर्नेछ।
4.2k
Shares
प्रतिक्रिया