हङकङको चेन रेस्टुरेन्ट क्यामकि क्याफेले न्यु टेरिटोरिजमा रहेका आफ्ना सात शाखा बन्द गर्ने निर्णय गरेको छ।
रेस्टुरेन्ट बन्द गर्नुको पछाडि कोभिड महामारीपछिको मन्दीलाई मुख्य रूपमा लिइएको छ।
‘सन् २०२४ मा सात वटा क्यामकि क्याफे बन्द भएका छन्,’ मिडियाको जिज्ञासामा क्यामकि क्याटरिङ समूहका अध्यक्ष रेमन चुइ मानले भने, ‘यो बाँच्नका लागि संघर्षमा एक निराशाजनक कदम हो।’
न्यु टेरिटोरिजमा अवस्थित पसलहरूको बिक्री अन्य जिल्लामा भन्दा २० देखि ३० प्रतिशतसम्म कम भएकोले पनि समूहले यस्तो निर्णय गर्नुपरेको अध्यक्ष चुइले बताएका छन्। अब समूहले याउचिम मङ र वेस्ट काउलुनतिर ध्यान केन्द्रित गर्ने पनि उनले बताए।
मिडियाको जिज्ञासामा जवाफ दिँदै अध्यक्ष चुइले यो सबैको कारक आर्थिक मन्दीको असर भनेका छन्। स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार मन्दीकै कारण बासिन्दाले महामारीपूर्वको अवस्थामा झैँ खाना र मनोरन्जनमा खर्च गर्न नसकेको उनले सुनाए।
Shares
प्रतिक्रिया