यस वर्ष हङकङमा न्यूनतम पारिश्रमिक ४.५ प्रतिशतले बढ्ने भएको छ।
हाल न्यूनतम प्रतिघण्टा ४० हङकङ डलर रहेको ज्याला ४.५ प्रतिशतले बढाएर ४१.८० प्रतिघण्टा पुर्याइने भएको हो।
यसका साथै प्रत्येक दुई वर्षमा ज्याला समायोजन गरिने यसअघिको परिपाटीलाई त्यागेर अब वार्षिक रूपमा समीक्षा गरिने भएको छ।
न्यूनतम पारिश्रमिक आयोगको गोप्य स्रोतलाई उद्धृत गर्दैै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार भविष्यमा न्यूनतम पारिश्रमिकलाई हालको दरबाट नघट्ने सुनिश्चित पनि गरिने भएको छ।
जबकि, अघिल्लो वर्ष न्यूनतम पारिश्रमिक प्रतिघण्टा ३७.५० हङकङ डलरबाट बढाएर ४० पुर्याइएको थियो, जुन लगभग ६.७ प्रतिशत वृद्धि हो। यस वर्ष भने यो दर ४.५ प्रतिशत रहेको छ।
2.7k
Shares
प्रतिक्रिया