हङकङका जातीय अल्पसंख्यक विद्यार्थीको पहिलो समूह चीन भ्रमणमा, राष्ट्रिय पोसाकमा सजिए नेपाली

हङकङका जातीय अल्पसंख्यक विद्यार्थीको पहिलो समूह चीन भ्रमणमा, राष्ट्रिय पोसाकमा सजिए नेपाली

याउमाती काइफङ एसोसिएसन स्कूलका २० भन्दा बढी विद्यार्थीको समूह ग्वाङ्झाउ र फोसानको ३ दिने भ्रमणमा निस्किएको छ (एससीएमपी)


नेपालखबर
साउन २८, २०८१ सोमबार १६:५५, हङकङ

हङकङका जातीय अल्पसंख्यक समुदायका विद्यार्थीको समूह मुख्यभूमि चीनको भ्रमणका लागि प्रस्थान गरेको छ।

विदेशी राहदानी भएका स्थायी बासिन्दाको लागि ल्याइएको पाँच वर्षे यात्रा अनुमति योजना अन्तर्गत अनुमति प्राप्त विद्यार्थीको पहिलो विद्यालयस्तरीय भ्रमण हुन लागेको हो।

सोमबार सुरु भएको यो भ्रमणमा याउमाती काइफोङ एसोसिएसन स्कुलका २० भन्दा बढी बहुजातीय विद्यार्थीको समूह संलग्न छ।

समूहले चीनको ग्वाङ्झाउ र फोसानको तीन दिने भ्रमण गर्नेछ। यस अवसरमा विद्यार्थीहरू नान्सा, ग्वाङ्झाउमा रहेको जीएसी टेक्नोलोजी संग्रहालय र फोसान जुमियो संग्रहालय, ऐतिहासिक कन्फ्युसियन मन्दिर लगायतका ठाउँमा पुग्नेछन्।

याउमाती काइफोङ संघका महानिर्देशक चेङ का-हाउ यो यात्राले विद्यार्थीलाई देशको पछिल्लो वस्तुस्थिति बुझ्न मद्दत गर्ने बताए।

‘धेरै बहुजातीय विद्यार्थी हङकङमा जन्मे-हुर्केका छन्। तर, मुख्यभूमि भ्रमण गर्ने अवसर थोरैले मात्र पाएका छन्,’ समूह भ्रमणमा प्रस्थान गर्नुअघि चेङले भने, ‘यो भ्रमणले उनीहरूलाई देशलाई अझ बढी बुझ्न र देशसँगको भावनात्मक सम्बन्ध बढाउन मद्दत गर्नेछ।’

जुलाई १० देखि हङकङ र मकाउका विदेशी राहदानी भएका स्थायी बासिन्दाले लगानी, आफन्तसँगको भेटघाट, पर्यटन, व्यापार, सेमिनार, भ्रमण् जस्ता छोटो अवधिको उद्देश्यका लागि मुख्यभूमि प्रवेश ५ वर्षे बहु–प्रवेश यात्रा अनुमति प्राप्त गर्न सक्नेछन्।

यस्तो अनुमति प्राप्त व्यक्तिले प्रत्येक पटक ९० दिनसम्म बस्न पाउनेछन्। र, मुख्यभूमि प्रवेश बिन्दुमा सेल्फ-सर्भिस क्लियरेन्सको सुविधा उपभोग गर्न पाउँछन्।

आज चीन प्रस्थान गरेको जातीय अल्पसंख्यक टोलीमा विभिन्न जातीय समूहको प्रतिनिधित्व गर्ने विद्यार्थी छन्।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारको तस्बिरमा नेपाली पोसाक लगाएका विद्यार्थी पनि देखिन्छन्। जसमा उनीहरू दौरा सुरुवाल, ढाका टोपी, गुन्यूचोलो आदिमा सजिएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .