ad ad

छापा खबर


गहना चोरेर भाग्दै गर्दा प्रहरीले च्याप्पै

गहना चोरेर भाग्दै गर्दा प्रहरीले च्याप्पै

नेपालखबर
पुस ३, २०७६ बिहिबार ३:२१,

मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार राति चोरी गरेर भाग्दै गरेको अवस्थामा हटौंडा ८ का १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको हो।

हटौंडा उपहानगरपालिका ४ स्थिति गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको खबर पाएपछि वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा टोली परिचालन भएको थियो।

सामान चोरी गरी भाग्दै गरेको अवस्थामा पराजुलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो खबर आजको नयाँ पत्रिकामा छ।

प्रहरीले उनको साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मंगलसूत्र, औंठीसहितका सुनका गहना र एक थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।

पराजुलीलाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरी चोरी मुद्दामा अनुसन्धान तथा कारबाही भइरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .