शाहिद कपुरको फिल्म कबिर सिंहले बक्स अफिसमा लगातार धमाका मच्चाइरहेको छ।
सो फिल्मले रिलिज भएको दोस्रो शुक्रबार पनि झन्डै १३ करोड भारतीय रुपैयाँ व्यापार गर्यो। अब शनिबार र आइतबार बिदाको फाइदा पनि पुग्ने देखिएको छ।
अघिल्लो शुक्रबार रिलिज भएको फिल्म ‘आर्टिकल १५’ ले खासै राम्रो बक्स अफिस कलेक्सन गर्न नसकेपछि कबिर सिंहले यो साता पनि राम्रो कमाइ गर्ने आकलन गरिएको छ।
कबिर सिंहले अहिलेसम्म १ सय ४५ करोडको व्यापार गरिसकेको छ।
शनिबारको कलेक्सनले १ सय ५० करोडको कोसेढुंगा पार गर्ने पक्कापक्कीजस्तै छ। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।
दोस्रो सातासम्ममा फिल्मले दुई सय करोडको कोसेढुंगा पार गर्ने अनुमान ट्रेड एनालिस्टले गरेका छन्।
प्रतिक्रिया