ad ad

छापा खबर


प्रधानमन्त्री ओलीको वेबसाइटमा कसले राख्यो ‘पोर्न’ भिडियो?

प्रधानमन्त्री ओलीको वेबसाइटमा कसले राख्यो ‘पोर्न’ भिडियो?

नेपालखबर
फागुन ४, २०७६ आइतबार ०:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ।

उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश लुइटेलले लेखेको समाचारअनुसार केपीशर्माओली डटकम (Kpsharmaoli.com )मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीब्र बनाएको छ।

सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ।

सरकारले दुई वर्ष अघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो।

प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौँ पोर्न भिडियो अपलोड भएको छ।

आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ।

यो मात्र समाधान भने होइन। यो डोमने प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ।

नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञको सुझाब छ।

प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन्।

‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ। यस विषयमा प्रहरीसँग समन्वय गरेका छौँ,’ उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौँ, तर डटकम भएकाले सम्भव छैन।’

उनका अनुसार यो साइट नेपालमा बन्द गर्ने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .