ad ad

छापा खबर


घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण नियन्त्रणबाहिर

घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण नियन्त्रणबाहिर

नेपालखबर
असोज २४, २०७७ शनिबार २:२३,

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्।

कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ।

यसै मेलोमा दुई पार्टीका संस्थापन पक्षधर र संस्थापन इतरका नेताहरूबीच पदीय भागबन्डा र आन्तरिक किचलो बढिरहेको छ।

केन्द्रीय सत्ता सञ्चालन गरिरहेको नेकपाको वर्चस्व प्रदेश र स्थानीय तहको सत्तामा पनि छ। ६ वटा प्रदेश सरकार र चार सय दुई स्थानीय तह नेकपाले हाँकिरहेको छ। तीन तहमा सत्ताको नेतृत्व गरेको नेकपाका नेताहरू भने आन्तरिक कलहमा रुमलिएका छन्।

ठूलो संख्यामा संगठित कार्यकर्ता भएका यी पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन्। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्ध सन्देश प्रचारप्रसार गर्न सकेनन्। निर्वाचनका बेला सबै दलले राष्ट्रिय मिडियामा ज्याकेट विज्ञापन दिने, विभिन्न सामग्री बनाएर डिजिटल माध्यमबाट प्रचार गर्ने, टिसर्ट बनाउने, ब्यानर–तुल टाँग्नेजस्ता कार्य गरेर सर्वसाधारणलाई आफ्नो पक्षमा मतदान गर्न प्रेरित गरेका थिए।

तर अहिले कोरोना संक्रमणका लागि त्यस्ता प्रचार र सन्देशमूलक सामग्री आवश्यक पर्ने भए पनि राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन्।

राजनीतिक दलहरूले भूकम्प, महामारीजस्ता विपत्तिमा जनतासामु पुगेर मन जित्ने कोसिस गर्नुपर्छ। २०७२ सालको भूकम्पमा भने तत्कालीन एमाले, माओवादी र कांग्रेस तीनवटै दलका नेता–कार्यकर्ता उद्धार र राहतमा खटिएका थिए। दलका नेता–कार्यकर्ता त्यस बेला जनताको घरदैलोमै गएर उद्धार र राहतमा खटिएका दर्जनौं उदाहरण छन्।

बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिमा पनि राजनीतिक दलका नेता–कार्यकर्ता खटिएका थिए। तर कोरोना महामारीमा भने दलका नेता–कार्यकर्ता जनताका बीचमा जान सकेनन्। बरु नेकपाको आन्तरिक विवाद चर्कंदै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता ढल्छ कि भनेर नेता–कार्यकर्ता सडकमा उत्रिए।

ठूलो संख्यामा संगठित कार्यकर्ता भएका पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन्।

सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्धको सन्देश प्रचारप्रसार गर्न सकेनन्। राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .