ad ad

छापा खबर


सुतिरहेको ठाउँमा १६ वर्षीया छोरीमाथि बुवाआमाले नै झोसे आगो

सुतिरहेको ठाउँमा १६ वर्षीया छोरीमाथि बुवाआमाले नै झोसे आगो

नेपालखबर
पुस २८, २०७७ मंगलबार ३:२१,

कक्षा ९ मा पढ्दै गरेकी मानाकुमारी साह १५ औँ वसन्त पार गरेर १६ औँ वर्षमा लागेकी थिइन्।

पढेलेखेर आफैँले रोजेको जीवनसाथीसँग हाँसिखुसी जीवन विताउने रहर थियो उनको। तर, त्यही रहर उनको जीवनलीला सिध्याउने कारण बन्यो।

कथित तल्लो जातको केटासँग नजिकिएको आशंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै जलाएर बिभत्स हत्या गरेको रहस्य खुलेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा वीरगञ्जबाट क्रान्ति साहले लेखेकी छन्।

पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरी गाउँका मनबोध साहको घरमा कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागी भयो। आगलागीमा जलेको घरभित्र मानाकुमारीको शव पनि जलेको अवस्थामा भेटिएको थियो।

त्यतिबेला बुवाआमाले छोरी निदाएकै अवस्थामा घरमा आगो लागेकाले बचाउन नसकिएको बताएका थिए। तर, घटनास्थल पुगेका प्रहरी अधिकृतले घरमा भएको आगलागी र मानाकुमारीको शवको प्रकृत्ति शंकास्पद देखेपछि अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानका क्रममा आफूहरुले मन नपराएको गाउँकै युवकसँग सम्बन्ध बनाएको निहुँमा बुवाआमाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .