बलिउड कलाकार श्वेता तिवारीले श्रीमान् अभिनव कोहलीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी छिन्।
श्वेताले छोरी पलक तिवारीमाथि हात उठाएको भन्दै श्रीमान्विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । पलकमाथि अभद्र भाषा प्रयोग गरेको आरोपसमेत अभिनवमाथि छ।
श्वेताले उजुरी दर्ता गरेपछि प्रहरीले अभिनवलाई नियन्त्रण लिएको छ। सन् २००७ मा श्वेताले राजा चौधरीसँगको आफ्नो नौ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गरेकी थिइन्।
आमासँगै बस्दै आएकी पलक राजाकी छोरी हुन् । उनी १९ वर्षकी भइसकिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
श्वेता र अभिनवका छोरा रेयान्स दुई वर्षका छन् । सम्बन्धविच्छेदको झन्डै ६ वर्षपछि श्वेताले अभिनवसँग बिहे गरेकी थिइन् । उनीहरू तीन वर्षसम्म डेटमा थिए।
प्रतिक्रिया