प्रतिनिधिसभाको सभामुखमा ०७४ फागुन २६ मा नर्वाचित भएपछि कृष्णबहादुर महराले भनेका थिए, ‘संसदभित्र कुशलतापूर्वक भूमिका निर्वाह गर्छु, पदको गरिमा र संसदीय मर्यादालाई ख्याल गरेर संघीयता कार्यान्वयन गर्ने कानुन निर्माणमा विशेष ध्यान दिने छु।’
तर, डेढ वर्षमै पदको गरिमा र संसदीय मर्यादामै आँच आउने घटनामा जोडिएर उनले मंगलबार राजीनामा दिनुपरेको खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।
महिलामाथि दुव्र्यवहारको आरोपमा सभामुख पदबाट बाहिरिएको घटना नेपालको संसदीय इतिहासमै नयाँ हो।
संसद सबै पार्टीको साझा थलो हो। त्यसको नेता सभामुख हुन्।
सभामुख निर्वाचनमा महरा निर्विरोध चयन भएका थिए। महरालाई सदनको नेता मान्नेहरुले अहिले सख्त कारबाहीको माग गरिरहेका छन्।
महराको बिगतलाई नजिकबाट चिन्नेहरु उनले दुव्र्यवहार गरे होलान् भनेर पत्याउन सकिरहेका छैनन्।
सभामुख हुनु अघि उनी तत्कालिन माओवादीको राजनीतिक मोर्चामा धेरैका लागि आदर्श थिए।
रोल्पाका लागि कुशल शिक्षक पनि थिए। सक्रिय राजनीतिमा आउनु अघि उनले रोल्पामा विज्ञान र गणित विषय पढाए।
उनले पढाएका व्यक्तिहरु उपराष्ट्रपति र मन्त्रीसम्म भएका छन्। महरा अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र थिए।
भूमिगत कालको मुख्य राजनीतिक मोचा, पटक पटकका शान्तिवार्ता, मूलधारको राजनीतिमा आएपछिको सरकार र संसदको मोर्चा कुनैमा पनि दाहालले महरालाई छुटाएनन्।
पार्टीभित्र र बाहिरी राजनीतिक दलहरुसँगको सगत पनि उनको राम्रो थियो।
त्यही भूमिका र सक्रियताको कारण उनी राजनीतिक शिख चढिरहेका थिए। यसपालि ने उनी चिप्लिएका छन्।
Shares
प्रतिक्रिया