ad ad

फोटोफिचर


शाश्वत धाममा हनुमन्त कथावाचन (फोटो फिचर)


नेपालखबर
भदौ ४, २०८० सोमबार १८:४२, शास्वत धाम, नवलपरासी

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्री यतिबेला पूर्वी नवलपरासीको दुम्कौलीमा चौधरी समूहले निर्माण गरेको शास्वत धाममा छन्। 

शास्त्रीले शनिबारदेखि तीन दिन उक्त धाममा कथा वाचन गरिरहेका छन्। सोमबार पनि उनी कथा वाचनमा व्यस्त रहे।

उनीबाट कथा सुन्नका देशभरबाट हजारौँ श्रदालु धाममा पुगेका छन्। कथा वाचनका लागि पुगेका उनीसँग आशिर्वाद लिनेहरुको भीड लागेको छ।

उनीबाट कथा सुन्न छिमेकी भारतबाट समेत श्रद्धालु आइरहेका छन्। 

यसले मुलुकको पर्यटन प्रवर्द्ध हुने विश्वास चौधरी समूहको छ। 

प्रवचनका लागि चौधरी समुहको उद्योग ग्राम परिसरमा धामलाई सजाएको छ।

चौधरी समूहको निम्तोमा शास्त्री नेपाल आएका हुन्। शास्वत धाम परिसरमा पण्डाल लगाएर कथा वाचनस्थल तयार गरिएको छ।

शास्त्रीले भदौ २, ३ र ४ गतेसम्म कथा वाचन गर्ने गरी शास्वत धाममा लगिएको हो। 

‘हनुमन्त कथा वाचनका लागि शास्त्री शास्वत धाम आएका हुन्। भीडभाड भएकाले विशेष सुरक्षा व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .