चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए) काे विशेष टुकडीले तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए।
त्यसअघि प्रधानमन्त्री दाहाललाई लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।
120
Shares
प्रतिक्रिया