आज (२२ असोज) देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो।
यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री खुला गरिएको यातायात व्यवसायीले बताएका छन्।
गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए।
अग्रिम टिकट बुकिङ खुला भएसँगै सोमबार बिहानैदेखि काठमाडौंको गोंगबु बसपार्कमा टिकट काट्नेको लामो लाइन लागेको छ। घन्टौँ लाइनमा बस्दा पनि टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन्।
काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक छ।
विगतका वर्ष दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।
यस वर्ष व्यवसायीले ढिलाइ गर्दा अग्रिम टिकट बुकिङ आजबाट खुला भएको हो।
हेर्नुहोस् तस्बिरहरु
Shares
प्रतिक्रिया