आज दसैँको नवौँ दिन अर्थात् महानवमी। काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ।
महानवमीमा आफ्नो सवारीसाधन धोई–पखाली गरेर पूजाआजा गरे सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आम जनविश्वास छ।
यसैले विगतका दसैँमा जस्तै आज पनि महानवमीको अवसरमा भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भीड देखिएको हो। दसैँका कारण उपत्यकाका अन्य सडक खालीजस्तै देखिए पनि भद्रकालीमा भने पूजा गर्ने भीड देखिन्छ।
महानवमीको दिन विशेषतः अटो शोरुमहरूले पनि आफ्ना अटोमोइल्स उत्पादनको विशेष पूजाअर्चना गर्ने गर्दछन्। विधिवत् तरिकाले गरिने यो पूजालाई उनीहरूले विशेष महत्त्वका साथ लिने गर्दछन्।
नवरात्रको महाअष्टमी र नवमीमा औजारहरूको पूजा गरेमा औजार तथा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने विश्वासका साथ पूजा गर्ने प्रचलन रही आएको छ।
39
Shares
प्रतिक्रिया