बिहीबार बिहानैदेखि काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले फरक फरक स्थानमा प्रदर्शन गरिरहेका छन्।
युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन्।
एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुनसक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
दुवैका कार्यक्रमलाई नियाल्ने क्रममा नेपालखबरले काठमाडौँको तीनकुने र चाबहिल पुगेर वस्तुस्थिति बुझ्ने प्रयास गरेको छ। युवा संघका कार्यकर्ता तीनकुनेमा भेला भइसकेका छन् भने दुर्गा प्रसाईं समूह पनि चाबहिलमा जम्मा भएका छन्। उनीहरू त्यहाँबाट बल्खुतर्फ आउने तरखरमा छन्।
तस्बिरमा हेर्नुस् युवा संघको तीनकुनेमा भइरहेको कार्यक्रम-
दुर्गा प्रसाईं समूहको कार्यक्रममा सहभागी हुन चाबहिलमा भेला हुँदै प्रदर्शनकारी-
Shares
प्रतिक्रिया