विभागीय टोली एपीएफ दुई वर्षपछि प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
अघिल्लो सिजन सेमिफाइनलबाटै आफ्नो यात्रा सकेको एपीएफले पहिलो पटक उपाधि जित्ने कोशीको सपना तुहाउँदै उपाधि उचाल्यो।
बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि उचालेको हो। अघिल्लो सिजन सेमिफाइनलबाटै बाहिरिएको एपीएफले दुई वर्षपछि उपाधि हात पारेको हो।
कोशी अघिल्लो संस्करण पनि उपविजेतामै सीमित भएको थियो। कोशी यसअघि सुदूरपश्चिमसँग पराजित हुदै उपविजेता भएको थियो।
एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकिनन्।
रुविनाले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा करुणा भण्डारीको बलमा आउट भइन्।
च्याम्पियन एपीएफ उपाधि चुम्दै
उपविजेता कोशीका खेलाडीहरू
Shares
प्रतिक्रिया