ललितपुरको पाटन दरबार परिसरमा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) १२ वर्षे देवी नाच देखाइएको छ। यो नाच बुधबारदेखि देखाइएको हो।
देवी नाचमा भैरव, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण समावेश हुन्छन्।
बुधबार साँझ ५ बजे पुल्चोकबाट देवीनाच सवारी गरी ८ बजे राति कात्तिक डबलीमा प्रवेश गराइएको थियो।
डबली प्रवेशपछि राति ९ बजेदेखि १ बजेसम्म पहिलो चरणको देवीनाच प्रदर्शन सम्पन्न गरिएको हो।
बिहीबार बिहान ६ बजेदेखि देवीनाच आरम्भ गरी दिनभर प्रदर्शन गरिँदैछ। बिहीबार नै राति ९ बजे नाचका सबै कार्य सम्पन्न गरी विश्राम गर्ने देवीनाच समारोह समितिले जनाएको छ।
यही शुक्रबार बिहान समापन (क्षमा पूजा) सकिएपछि दिउँसो १ बजे लायकुबाट फिर्ता भएर सम्पूर्ण कार्यक्रम सकिने समितिले जनाएको छ।
Shares
प्रतिक्रिया