बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुईजनालाई अदालतमा उपस्थित गराइएको छ।
१० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतमा उपस्थित गराइएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदा दुवैले मास्क लगाएका थिए।
तर प्रहरीले उनीहरू दुवैलाई हत्कडी भने लगाएको थिएन। अदालतले दुवैलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
267
Shares
प्रतिक्रिया