टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल जितनजिक छ।
यस्तोमा अर्धशतकीय साझेदारी गरेका गुलशन झा र कप्तान रोहित पौडेल आउट भएका छन्।
पछिल्लो पटक रोहित पौडेल १५ औँ ओभरको तेस्रो बलमा क्याच आउट भए। उनी अर्धशतक बनाउन चुके। ४६ रन बनाएको अवस्थामा उनी पेभेलियन फर्के।
नेपालले अहिले १५ ओभर खेल्दै ४ विकेटको क्षतिमा ११९ रन बनाएको छ। ११३ रन बनाएको अवस्थामा चौथो क्रमका गुलशन झा ३८ रन बनाएर आउट भएका थिए। उनी बोल्ड भएका थिए।
उनी आउट भएपछि अहिले क्रिजमा दीपेन्द्रसिंह एरी आएका छन्।
नेपालले यसअघि एकै ओभरमा दुवै ओपनर गुमाएको थियो। नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेल तेस्रो ओभरको तेस्रो बलमा १२ रन बनाउँदै क्याच आउट भए।
त्यसपछि तेस्रो ओभरको पाँचौँ बलमा अर्का ओपनर आशिफ शेख पनि केबल ८ रनमै बोल्ड आउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो।
Shares
प्रतिक्रिया