राष्ट्रिय सभाको बैठकमा दलित समुदायका सांसदले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्।
बुधबार सभाको विशेष समयमा बोल्दै सांसद राधेश्याम पासवानले रूपा सुनार प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्।
उनलाई सरकारबाट नहटाए आफू अनशन बस्ने चेतावनीसमेत उनले दिएका छन्।
उनले भने, ‘शिक्षामन्त्रीले आरोपीलाई आफ्नै सरकारी गाडीमा हालेर लैजानुभयो, यो संविधानको खिल्ली उडाएको त हैन? यो सदनबाट म शिक्षा मन्त्रीको राजीनामा माग्छु। यदि राजीनामा नदिने हो भने संसदमा अनशन बस्न तयार हुन्छु।’
उनले मन्त्रीले राजीनामा नदिए देशका ६० लाख दलित आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।
सांसद पासवानले रूपा सुनार प्रकरण एउटा उदाहरण मात्रै भएको उल्लेख गर्दै देशभर दलित समुदायका मानिस जातीय विभेद भोग्न विवश भइरहेको बताए।
व्यक्तिको घरमा मात्र होइन, धारा, मन्दिरमा समेत अझै दलितलाई प्रवेश निषेध भइरहेको उनले बताए।
यो पनि :
घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले सर्वाेच्च अदालतमा दिएको मुद्दाको सुनुवाइ जारी
Shares
प्रतिक्रिया