ad ad

राजनीति


एक मन्त्रालय लिएर माओवादी केन्द्र भोलि प्रदेश २ सरकारमा  सहभागी हुने

एक मन्त्रालय लिएर माओवादी केन्द्र भोलि प्रदेश २ सरकारमा  सहभागी हुने

भरतप्रसाद साह/ रुवी कर्ण


शैलेन्द्र महतो
साउन १, २०७८ शुक्रबार २०:९,

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा भोलि सहभागी हुने भएको छ। एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीपकुमार साहले बताए। 

उनका अनुसार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ। राज्यमन्त्रीमा रुवी कर्णको नाम टुंगो लागेको उनले बताए।

यद्यपी कुन मन्त्रालय लिएर सरकामा जाने खुलेको छैन। 

‘एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा जाने टुंगो लागेको छ। भोलि ३ बजे शपथको कार्यक्रम छ’ सचेतक साहले नेपालखबरसँग भने।

यसअघि दुई मन्त्रालय लिएर मात्र सरकारमा सहभागी हुने माओवादी केन्द्रले अडान राखेको थियो। 

स्राेतका अनुसार एउटै मन्त्रालय मात्र लिने भएकाले आर्थिक मामिला तथा योजना मन्त्रालय दिने सम्भावना प्रवल छ। 

केन्द्रबाट नै पार्टी प्रदेश सरकारमा सहभागी हुन निर्देश आएको हो। सोही अनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले दलका नेता साहलाई मन्त्री र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक साहले बताए।

जसपा उपेन्द्र यादव पक्षको नेतृत्वको सरकार रहेको प्रदेश २ मा यसअघि जेठ २६ गते तीन मन्त्रालय दिएर कांग्रेसलाई सरकारमा सहभागी गराएको थियो। 

जसपा महन्त ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए। सोही बेला कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन राउत सरकारले प्रयास गर्दा कांग्रेस मात्र सहभागी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .