ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन सुरु

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन सुरु

नेपालखबर
भदौ ९, २०७८ बुधबार ११:५५, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापनइतर समूहमा रहेका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन्। 

क्रियाशील सदस्यताको सूची सार्वजनिक लगायतका तीन बुँदे माग अघि सारेर आन्दोलनरत जिल्ला सभापतिहरु बुधबार बिहान ११ बजेबाट रिले अनशन बसेका हुन्। 

पहिलो दिनको २४ घण्टे रिले अनशनमा नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला बसेका छन्। 

जिल्ला सभापतिहरुले प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि-कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेरमात्र अन्तिम रुप दिनुपर्ने माग गर्दै आएका छन्।

यस्तै उनीहरुले सवै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गरिनुपर्ने पनि माग गरेका छन्।

संस्थापनइतर समूहका जिल्ला सभापतिहरुले मंगलबार पनि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए। 

उक्त धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुनरसिंह केसी, गगन थापा, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्तलगायतका नेताहरुले ऐक्यवद्धता जनाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .