प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शुक्रबार साँझ राजधानीको नयाँ बानेश्वरमा टर्च लाइट जुलुस निकालेको छ।
बानेश्वरस्थित निषेधित क्षेत्रमा निकालिएको टर्च लाइट जुलुसका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी चढेको तुइन भारतीय सुरक्षाकर्मीले काटेको प्रकरण, अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अलपत्र नेपालीको उद्धार नगरेको र भारतीय हेलिकप्टर नेपाली आकाशमा उडेपछि सरकारले कुनै कारबाही थालेको भन्दै युवा संघ सडकमा उत्रिएको हो।
युवा संघका कार्यकर्ताहरु ‘सरकार कहाँ छ ?’ भन्दै युवा संघले अँध्यारो नभइ टर्च लाइन बालेर सडकमा निस्किएका हुन्।
संघका कार्यकर्ताले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।
त्यसक्रममा युवा संघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र इँटा बर्साएका थिए। प्रहरीले प्रदर्शनकारीमाथि लाठी हानेको थियो।
Shares
प्रतिक्रिया