अर्घाखाँचीमा सम्पन्न नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ।
जिल्लाका ६ वटा पालिकामध्ये शीतगंगा नगरपालिकाबाहेक सबैमा देउवा इतर पक्षका उ्रम्मेदवार सभापति पदमा विजयी भएका हुन्।
आइतबार भएको निर्वाचनमा शीतगंगा नगरपालिकामा देउवा पक्षका मोहन पन्थीले सभापति पदमा विजय हासिल गरेका हुन्। उनले १ सय ४३ मत प्राप्त गरे। प्रतिस्पर्धी मोती बेलबासेले १ सय ६ मत ल्याए।
अर्घाखाँची कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माको गृहजिल्ला हो। दुवै केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। तर जिल्लामा शीतगंगाबाहेक शनिबार अधिवेशन भएका अरू ५ पालिकामा देउवा इतर पक्षकै उम्मेदवार सभापति चुनिएका हुन्।
जसअनुसार सन्धिखर्क नगरपालिकामाबाबुराम भुसाल, भूमिकास्थान नगरपालिकामा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल सभापति भएका हुन्।
उनीहरू चारै जना रामचन्द्र पौडेल पक्षका हुन्। यस्तै पाणिनी गाउँपालिकामा विजयी भएका तुलसी पौडेलले आफू कुनै समूहमा नरहेको जनाएका छन्। जिल्लाको पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो।
Shares
प्रतिक्रिया