बुधबारका लागि तय भएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलले आफ्नो विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण दर्साएपछि सभामुख पूर्णबहादुर घर्तीको निर्देशन अनुसार बैठक स्थगित भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए।
कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि भदौ १ गते प्रदेश सभाको नवौं अधिवेशन आह्वान भएको थियो। तर एमालेले आफ्नो पार्टीले दुई जना सांसदलाई कारवाही गरेको जानकारी प्रदेश सभालाई गराउनुपर्ने माग गर्दै अवरुद्ध गर्दै आएको छ।
कहिले बैठक सुरु भएपछि नाराबाजीका बिच त कहिले सूचना टाँसेर प्रदेश सभा बैठक स्थगित भइरहेको छ।
यस बिचमा मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकारका तर्फबाट केही विधेयक पेश भए पनि अन्य गतिविध अघि बढ्न सकेको छैन।
Shares
प्रतिक्रिया