ad ad

राजनीति


आम नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाण

आम नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाण

सुदीप भण्डारी
कात्तिक १, २०७८ सोमबार २१:१०, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन नहुने बताएका छन्। 

नेपाली कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले आम नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए। 

गृहमन्त्री खाणले भने ‘सुरक्षा निकायका अधिकारी तथा प्रमुखलाई मेरो आग्रह र निर्देशन छ, सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्। एउटा पनि नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस्।’

एक हप्ताअघि मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परि चार सर्वसाधारणको ज्यान गएको थियो। सो घटनालाई लक्षित गर्दै खाणको अभिव्यक्ति आएको हो। 

खाणले ठूलो दलले सरकार चलाउन नसकेकै कारण कांग्रेस अगाडि आएको बताए। सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि उनलाई अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रैको आग्रहका कारण कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडि बढेको उनको भनाइ छ।

खाणले अहिले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए। 

गृहमन्त्री बनेपछि खाण सोमबार पहिलो पटक रुपन्देही आएका हुन्। उनले आजै बुटवलको ज्योतिनगरको पहिरोको अवलोकन गरेका छन्। त्यस अघि रुपन्देहीका कांग्रेसका नेता स्वर्गीय प्रेम खरेलको शोक सभामा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .